धर्मुगुरू टुल्कु लामा ‘अवतारी’ बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति दिलाउने उच्च अदालतको फैसला

एजेन्सी, काठमाडौं। उच्च अदालत पाटनले ‘धर्मुगुरू’ टुल्कु लामा अवतारीलाई बलात्कारी ठहर गरेको छ । अदालतले बलात्कार मुद्दाकी पीडितको पक्षमा फैसला गर्दै उनलाई ३० लाख क्षतिपूर्ति दिलाउने निर्णय सुनाएको छ । बलात्कार मुद्दामा यति धेरै क्षतिपूर्ति भराउने फैसला गरिएको यो पहिलो पटक हो ।

प्रहरीले टुल्कु लामालाई दुई वर्षअघि दक्षिणकालीको आफ्नो गुम्बामा एक महिलामाथि वर्षौं देखि बलात्कार गरेको अभियोगमा पक्राउ गरेको थियो । पक्राउ गरेतापनि जिल्ला अदालत काठमाडौंले कसुर नदेखिएको भन्दै टुल्कुलाई सफाइ दिएको थियो।

तर जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै भदौ २६ गते पाटन उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले टुल्कु लामालाई ७ वर्ष कैद हुने फैसला सुनाएको हो। फैसलामा डर, त्रास र अनुचित प्रभावमा पारी ९ वर्षभन्दा बढी समयसम्म गुम्बाभित्र पीडितलाई यौनदासीको रूपमा राखेको भन्दै टुल्कु लामालाई दोषी करार गरिएको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *