कृषि विकास बैंकको लाहान शाखाबाट पैसा चाेर्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग

एजेन्सी, काठमाडौं। कृषि विकास बैंकको डेढ करोडभन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको खुलेको छ ।

बैंक स्रोतका अनुसार सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो । बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ । त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग गरिरहेका हुन्छन् ।

पासवर्डबाट असोज ५ गते एक करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारिएको थियो । उक्त समूहले त्यसपछि देशका विभिन्न ठाउँबाट जम्मा गरिएको रकम निकालेको थियो । बैंकका प्रवक्ता हिमलाल पौडेलले यो प्रकरणमा बैंकको सिस्टम ह्याक नभएको जानकारी दिनुभयो ।

उक्त समूहले पैसा जम्मा गरेका सात वटै खाता अहिले बन्द गरिएको छ । बैंकको डेढ करोड रुपैयाँ अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट एघार जनालाई पक्राउ गरेको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *