नेकपा सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोज्याे : बालकृष्ण खाँड

एजेन्सी, चितवन। नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडले अहिलेको कम्युनिष्ट सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाएका छन् ।

प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा चिनिया कम्युनिष्टको मोडालिटिमा नेपाल कम्युनिष्ट जान खोजेको आरोप लागएका हुन् ।

चिनियांँ राष्ट्रपतिलाई तालिमको लागि यहाँ बोलाएको भन्दै उनले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताएका हुन् । “संसारमा चीनको जस्तो शासन कहीँ पनि छैन । चिनियाँ कम्युनिष्ट पार्टी एक मात्र त्यहाँ छ, जसले लोकतन्त्रलाई कदापि स्वीकार्दैन,” उनले भने ।

हालसम्म कैयौंपटक चिनियाँ नेता नेपालमा भाइचारा र भ्रातृत्वको विकासका लागि मात्र आउने गरेको भन्दै यस्तो प्रकारको तालिमको आवश्यकता कहिल्यै नभएको उनको भनाइ थियो । तर अहिलेको सरकारले चिनियाँ मोडालिटीमा सत्ता चलाउन खोजेको आरोप लगाउँदै उनले यस्ता गतिविधिले संविधान र संसदीय प्रणालीलाई गम्भीर असर पुर्याउने बताए ।

विश्वमा संविधानसभाबाट निरंकुश सरकारले सरकार नचलाएको भन्दै उनले संविधानबाट नै लोकतान्त्रिक सरकार चलेको उल्लेख गरे । “गणतन्त्र दिवस पनि मनाउने, सविधान दिवस पनि मनाउने तर सरकार निरंकुश चलाउने ?” उनले प्रश्न गरे ।

सरकारले मिडियालाई अंकुशमा राख्न विधेयक पास गर्न खोजेको भन्दै कांग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने बताए । कांग्रेसले देशव्यापी रुपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनक रुपमा सफल पारेको भन्दै अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिटै शुरु गरिने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद रामहरि खतिवडा, प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सचिव उत्तम जोशीलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

– केदार शर्मा

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *