फेरि ह्याकरकाे निशानामा बैंक : कृषि विकास बैंकबाट लुटियाे कराेडाैँ रकम, १० जना पक्राउ

एजेन्सी, काठमाडौं। चिनिया ह्याकरले नेपाली बैंकहरुकाे एटिएम सिस्टममै आक्रमण गरेर कराेडाैँ पैसा लुटेकाे घटना सेलाउन नपाउँदै फेरि अर्काे ह्याकिङकाे घटना सार्वजनिक भएकाे छ ।

कृषि विकास बैंकको कम्युटर सिस्टम ह्याक गरेर करोडाैँ रकम चाेरी भएकाे बैंक स्राेतले जनाएकाे छ । यसरी चाेरी भएकाे रकम ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेकाे खुलेकाे छ ।

यस घटनामा बैंककै कर्मचारी संलग्न रहेकाे आशंका गरिए पनि यकीन पुष्टि भइसकेकाे छैन । प्रहरीले रकम निकाल्न खाेज्ने र शंकास्पद अन्यलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेकाे बताएकाे छ । अहिलेसम्म करिब १० जना पक्राउ परिसकेका छन् ।

बैंकबाट कति रकम चाेरियाे भन्नेबारे बैंकलाई यकीन जानकारी छैन । तर करिब ४ कराेडभन्दा बढी रकम चाेरी भएकाे र साढे २ करोड रकम भने ह्याकिङमा संलग्नहरुकाे खातामा गइसकेकाे जनाइएकाे छ । कृषि विकास बै‌ंकका विभिन्न पाँचवटा शाखाबाट यसरी रकम चाेरी भएकाे जानकारीमा आएकाे र थप विवरण अनुसन्धानबाट खुल्दै जाने बैंक स्राेतले बताएकाे छ ।

नियामक निकाय नेपाल राष्ट्र बै‌ंकले पनि कृषि विकास बैंकबाट रकम चोरी भएको आफूलाई जानकारी आएकाे बताएकाे छ । बैंकको सिरहालगायत शाखाबाट रकम चाेरी गरेर काठमाडौं ट्रान्सफर गरिएको तर साे रकम लुटेरा समूहले झिक्न नपाउँदै शंकास्पदहरु प्रहरीकाे नियन्त्रणमा आइसकेकाे जनाइएकाे छ ।

प्रहरी स्राेत भन्छ, ‘उनीहरुले रकम ट्रान्सफर मात्र गरेका हुन् । रकम झिकिसकेका छैनन्, अनुसन्धान सुरु भइसकेकाे छ ।’ पक्राउ परेकाहरुलाई आजै दिउँसाे २ बजे प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *