उडुस मार्ने विषादी सेवन गर्दा बालकको मृत्यु

एजेन्सी, म्याग्दी । म्याग्दीमा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ। जिल्लाको रघुगंगा गाउँपालिका–३ रानीपौवाका मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दीपले झुक्किएर दूध भन्दै उडुस मार्ने सेल्फोस सेवन गरेका थिए ।

सोमबार दिउँसो बिषादी सेवन गरेका सन्दीप विकलाई उपचारका लागि पोखरा लगिएको थियो । तर उनको पोखराको पोखराको मनिपाल अस्पतालमै उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *