अझै कति मान्छे मार्ने ? ओम अस्पतालका एमडिलाई हाम्रो प्रश्न नै प्रश्न!

एजेन्सी, काठमाडौं। न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई न्युज २४ टेलिभिजनको स्टुडियोबाट नभई चितवनबाट प्रत्यक्ष प्रसारण गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. ओम अस्पतालको चरम लापरवाही– पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान गयो

काठमाडौं । काठमाडौंको चावाहिलमा रहेको ओम अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा हरेक महिना जस्तो नै बिरामीको ज्यानको गएको घटना बाहिरिरहेका छन । पछिल्लो घटना शनिबारको हो । धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरुङ पत्थरीको शल्यक्रिया गर्न शुक्रवार हिंडेरै अस्पताल पुगिन् । चिकित्सकले शनिबार शल्यक्रिया गरे, तर अनिताको ज्यान गयो । चिकित्सककै लापरबाहीका कारण उनको मृत्यु भएको आरोपमा आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरे । ओम अस्पतालका युरोलोजिस्ट तथा प्रोफेसर डाक्टर भोलाराज जोशीले अनिताको अपरेशन गरेका थिए । आफन्तका अनुसार अस्पतालले सामान्य शल्यक्रिया गर्ने भनेको थियो । अनिता पनि हाँसी–हाँसी अप्रेशन थिएटर छिरेकी थिइन् ।

२. भरतपुर अस्पताल परिसरमै फोहोरको डङ्गुर, डेंगुको जोखिम !

चितवन । अस्पताल जाँदा तपाईहरु कहिल्यै नाक थुनेर पस्नु भएको छ ? तर चितवनको भरतपुरमा रहेको भरतपुर केन्द्रीय अस्पतालमा जानुभयो भने नाक नथुनी बस्न सक्नु हुन्न ! ६ सय बढी शैयाबाट सेवा प्रदान गर्ने अस्पतालको अहिले कन्तविजोक छ । अस्पतालको सबैतिर फोहरै–फोहर भेटिन्छ । उपचारका लागि अस्पताल पुग्नेले अर्को रोग थपेर फर्कनु पर्ने खतरा उस्तै छ । अस्पताल भवनमा टाँसिएका ढल र अस्पतालजन्य फोहर संकलन गर्ने ठाँउमा व्यवस्थित नहुँदा फोहोर गन्हाएर बसीसक्नु छैन । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालको फोहर व्यवस्थापन गर्न नसकेको स्विकार गर्छन् ।

३. चितवनका कृषकको गुनासो– सयौँ विघामा लगाइएको धानमा बाला लागेन

चितवन । चितवनका कृषकहरु धानमा रोपको ३ महिनासम्म पनि बाला नलागेपछि निराश बनेका छन् । उनीहरुले भारतको हैदाराबादमा रहेको रेनोभा सिड्स साइन्स ईण्डिया प्रा.लि.बाट नेपालको दाङमा रहेको सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले मार्केटिङ तथा प्याकिङ गरेको गरिमा जातको धान खरीद गरेका थिए । चितवनका एग्रोभेटले १३ हजार ४ सय किलो गरीमा जातको धानको बीउ बिक्री गरेका थिए । यो बीउले करीब १८ हजार कठ्ठालाई पुग्छ । विगत ५ वर्षदेखि गरिमा जातको धान रोप्दै आएका कृषकले अहिले बाला नलागेपछि नक्कली धान प्याकिङ गरी विक्री गरेको खुल्न आएको छ ।

४. एपेन्डिक्स भनेर शैयामा राखिएकी बिरामीको पाठेघरको शल्यक्रिया !

पोखरा । कुनै पनि बिरामीको शल्यक्रिया पूर्व आवश्यक चाँज गरेर बिरामी तथा आफन्तको सहमतिमा मात्रै शल्यक्रिया हुनेगर्छ । शल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बिरामीलाई एपेन्डिसाइटिस भएको बताएर पाठेघरको शल्यक्रिया गरेको घटना बाहिर आएको छ । पोखराको नयाँ गाउँका सुरज थापाकी श्रीमती सबिता राई थापाले कोखा दुखेका कारण फेवासिटी अस्पतालको इमरजेन्सीमा जाँच गराइन् । त्यहाँ भएका डाक्टरले उनलाई एपेन्डिक्स भएको र तत्काल अपरेसन गर्नुपर्ने सुझाए ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *