मेगा बजेटको चिनियाँ फिल्म पोखरा लगायत नेपालको प्रशिद्ध स्थलमा छायाँङ्कन हुने

एजेन्सी, कास्की । मेगा बजेटको चिनियाँ फिल्म नेपालमा छायाङ्कन हुने भएको छ । उक्त फिल्मको छायाङ्कनमा नेपाल भ्रमण वर्ष २०२० ले समेत सहकार्य गर्ने भएको छ । ‘दवेटु प्योर ल्यान्ड’ नामक फिल्मको छायाङ्कन पोखरा, चितवन, बन्दीपुर र काठमाडौंमा हुने निर्माण युनिटले राजधानीमा आयोजित कार्यक्रमा जनकारी दिएको हो ।

कार्यक्रममा उक्त फिल्मका निर्देशक, नायिका, लेखक, निर्माता र सह–निर्देशक उपस्थित थिए । किम किङ र एलियन किङले निर्देशन गर्ने फिल्मको लोकेसन हन्टिङ गरेर फिल्म युनिट काठमाण्डौं फर्किएको थियो । अध्यात्मलाई विषयवस्तु बनाउन लागेको फिल्मले बुद्ध जनमथलो नेपाललाई आध्यात्मिक भुमिको रुपमा चिनाउने निर्देशक किङले बताए ।

सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । नेपाल घुमन आउने पर्यटक मध्य चिनियाँ पर्यटक दोस्रो स्थानमा छन् । भ्रमण वर्ष २०२० का संयोजक सुरोज वैद्यले चिनियाँ स्टारको फिल्म नेपालमा सुटिङ गर्दा नेपालको पर्यटन अभिवृद्धि हुने बताउनु भयो ।

– सुदिप पाैडेल

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *