राेनाल्डाे र भान डाइकलाई पछि पार्दै मेस्सी बने ‘फिफा वर्ष खेलाडी’

एजेन्सी, काठमाडौं। स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीले ‘फिफा वर्ष खेलाडी’को अवार्ड जितेका छन् ।

भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उनले २०१९ को फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन । सोमबार राति इटालीको मिलानमा फिफाद्वारा आयोजित अवार्ड घोषणा सभामा मेस्सीलाई ‘बेस्ट फिफा प्लेयर अफ् द इयर’ घोषणा गरिएको हाे ।

यो अवार्डसँगै मेस्सीले आफ्नो करिअरमा नयाँ इतिहास रचेका छन् । यसअघि सो अवार्ड पोर्चुगलका रोनाल्डो र मेस्सीले समान ५/५ पटक जितेका थिए । तर, अब मेस्सीले रोनाल्डोलाई पछि छाड्दै सर्वाधिक धेरै फिफा बेस्ट अवार्ड जित्ने कीर्तिमान आफ्नो नाममा बनाए । मेस्सीले यो अवार्ड यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ मा जितेका थिए ।

मेस्सीले ला लिगको उपाधि जित्नुका साथै युरोपेली गोल्डेन बुट जितेका थिए । तर च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको थियो । मेस्सीले गएको सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी ५८ खेलमा ५४ गोल गरेका थिए ।

यसपटक पटक इंग्लिस क्लब लिभरपुल तथा डच डिफेन्डर भर्जिल भान डाइकलाई दोस्रो भए भने इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका रोनाल्डोलाई तेस्रो भए ।

तीनै जना खेलाडी यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) को उत्कृष्ट वर्ष खेलाडीको पनि मनोनयनमा परेका थिए । यूईएफएको उत्कृष्ट अवार्ड भने भाइ डाइकले जितेका थिए ।

यो अवार्डमा मेस्सी र रोनाल्डोको अधिपत्यलाई तोड्दै गएको वर्ष लुका मोड्रिचले जितेका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *