भिमफेदी गाइजको नयाँ म्युजिक भिडियोमा एलिशा राईको अभिनय

एजेन्सी, काठमाडौं। भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। पुर्वेली भाकामा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो। उमेश रेग्मीको शब्द संगीतमा रहेको जति हेर्यो बोलको गीतमा राज पौडेलको स्वर रहेको छ।

पुर्वेली भाकाको शैलीमा रहेको गीतमा भिमफेदी गाइजको साथमा एलिशा राईको अभिनय रहेको छ। सांस्कृतिक कार्यक्रमको थिममा तयार गरेको गीतको भिडियोलाई एलिशा राईले कोरियोग्राफी गरेकी हुन्। निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने पवन सुस्लिङले नै सम्पादन गरेका हुन्।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *