शुभेच्छा थापा अभिनित फिल्म ‘शिवम’को ट्रेलर सार्वजनिक !

एजेन्सी, काठमाडौं। प्रेम कथामा आधारित चलचित्र ‘शिवम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा शुभेच्छा थापा, रबि गिरी, सोहम भेट्वाल, रस्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, प्रपि गिरी, मदन सिटौलाको अभिनय रहेको छ । भने यस फिल्मलाई राजु गिरी निर्देशन गरेका छन् ।

एसके प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई रामेश्वर हुमागाईंको छायाकंन र सुवास देवकोटाको सम्पादन रहेको छ । भने पर्वत कार्की र कल्पना खरेलले निर्माण गरेका हुन् ।असोज १७ गतेबाट रिलिज हुने यो चलचित्र एक्सन र प्रेम कथामा आधारित रहेको छ ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *