सागर आलेको ‘दशै आयो तिहार आयो’ बोलको गीत सार्वजनिक !

एजेन्सी, काठमाडौं। ‘दशै आयो तिहार आयो बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाल आइडलका सागर आले र गायिका सायरा मगरको स्वर रहेको छ ।

यो गीत सार्वजनिक भए लगत्तै धेरै दर्शकहरुले मन पराएका छन् । कलम सौरगको एरेन्ज र सुरेश रानाको शब्द र संगीत रहेको यस गीतलाई मुना इटरटेनमेन्ट युटुब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको हो । अमृत चापागाईको सम्पादन र सृजन बरालको निर्देशन रहेको छ ।

‘दशै आयो तिहार आयो बोलको गीतलाई रेशम दर्लामीले छायाकंन गरेका छन् । भने गीतको भिडियोमा दुर्गेश थापा , रिमा कौचा ,ज्ञान बहादुर पुन ,टेक कुमारी पुन ,नरेन्द्र पुन, नरवहादुर पुन लगायत कलाकारको दमदार अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *