साफ यु – १८ फुटबल : उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको नेपाल भूटानसंग ३-० ले स्तब्ध

एजेन्सी, काठमाडौं। साफ यु– १८ फुटबल च्याम्पियनशीपमा भूटानसंग नेपाल ३–० ले स्तब्ध भएको छ । दुई पटकको च्याम्पियन नेपाल यसपटक गृहमैदानमा उपाधिको रक्षा गर्ने लक्ष्यका साथ उत्रिएको थियो । तर भूटानसंग नै पराजित भएपछि नेपाल पहिलो चरणबाट नै बाहिरिने लगभग पक्का भएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल सुरु हुनु अगाडि वर्षाभएपछि खेलमैदान केही गिलो भएपछि खेलका लागि दुबै टोलीलाई सकस परेको थियो ।

खेलको ४० औं मिनेटमा नेपालले पहिलो गोल खान पुगेको थियो । नेपालको रक्षापंक्तिका खेलाडीको कमजोरीको फाइदा उठाउदै भूटानका यासी दोर्जीले गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको ८६ औं मिनेटमा भूटानले पेनाल्टी मार्फत दोस्रो गोल गर्न सफल बन्यो । भूटानका खेलाडी केल्जाङ जिग्मीले गोल हान्न सफल बनेका हुन् । साथै खेलको इन्ज्योरी समयमा पनि केल्जाङ जिग्मीले नै गोल गर्दै नेपाललाई ३–० ले स्तब्ध बनाए ।

भूटानसँग ३–० ले पराजित भएसँगै साफ यू–१८ फुटबल च्याम्पियनसीपबाट लगभग नेपाल बाहिरिएको छ । खेलको २९ औं मिनेट र ३९ औं मिनेटमा नेपालले गोल गर्ने राम्रो अवसर पाएपनि गोल गर्न भने चुकेको थियो ।

उता अर्को खेलमा बंगलादेशले विजयी सुरुवात गर्दा समुह चरणको पहिलो खेलमा श्रीलंकालाई तीन शून्यको अन्तरले नै हराएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *