साढे ४ करोड हिनामिना गरेकाे अभियोगमा बैंक अफ काठमाडौंका पूर्व सिइओसहित ११ पक्राउ

एजेन्सी, काठमाडौं। बैकिङ कसुर तथा ठगीको आरोपमा बैंक अफ काठमाडौंका पूर्व सिइओ सहित ११ जना पक्राउ परेका छन् ।

नक्कली कागज बनाएर बैंकको करिव साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठ र बैकका कर्मचारीहरु किरण बोहोरा, ऋचा श्रेष्ठ, शुष्मा शाह लगायत ११ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले ऋणी सुरेन्द्र श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार श्रेष्ठले खोला किनारमा पर्ने जग्गाको नक्कली धनीपूर्जा बनाएर चार वर्षअघि बैंक अफ काठमाण्डूबाट ऋण निकालेका थिए। तर ऋण निकालेपछि उनी सावाँ व्याज दुवै नतिरी सम्पर्कबिहीन भएपछि जग्गा खोज्ने क्रममा घटना बाहिरिएको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *