म्यान्मारमा नेपालको संविधान दिवस भव्य रुपमा मनाइयो

एजेन्सी, काठमाडौं। म्यान्मारको याङ्गुनस्थित नेपाली दूतावासको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

म्यान्मारका सञ्चारमन्त्री पे मिन्ट उपस्थित कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरू, नेपालका लागि म्यान्मारका पूर्वराजदूत, राष्ट्रसङ्घका प्रतिनिधि, म्यान्मारका नेपालीभाषी र त्यहाँस्थित नेपालीहरु सहभागी थिए ।

मन्त्री पे मिन्टले नेपालले अर्को वर्ष मनाउन लागेको नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन म्यान्मारका तर्फबाट सक्दो पहल हुने बताउनुभयो । उहाँले म्यान्मारका राष्ट्रपति मिन विन्ट र नेतृ आङसाङ सूचीले गत वर्ष गरेको नेपाल भ्रमणको सम्झना गर्नुभयो । राष्ट्रिय दिवसको शुभकामना दिँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल होस् भन्ने कामना गर्नुभयो ।

कार्यक्रममा म्यान्मारका लागि नेपाली राजदूत भीम उदासले ६० वर्ष अगाडिदेखि नेपाल र म्यान्मारबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा भएका द्विपक्षीय भ्रमणले थप मजबुत बनाएको बताउनुभयो ।

करीब चार सय ५० सहभागी भएको कार्यक्रममा तेरिया मगरले नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको अवसर पारेर ‘भिजिट नेपाल २०२०’ को प्रवद्र्धन पनि गरिएको थियो।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *