यसबर्ष दशैमा टीका लगाउने साइत विहान १० बजेर ३५ मिनेटमा

एजेन्सी, काठमाडौं। नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको जानकारी दिनुभयो । असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ ।

घटस्थापनाको साइत १२ गते बिहान १० बजेर ३५ मिनेट निर्धारण गरिएको छ । १३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत बिहान १० बजेर २५ तोकिएको छ । समितीले पश्चिम मोहडा गरेर झण्डा फेर्न आग्रह समेत गरेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *