साझा पार्टीले डेंगु नियन्त्रणका लागि कम्मर कस्यो

एजेन्सी, कैलाली । कैलालीमा साझा पार्टीले डेंगु नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको छ । साझा पार्टी अभियान विभाग नगर कमिटीले धनगढी, टिकापुर, अत्तरिया लगायतका क्षेत्रहरुमा औषधि छर्कने, डेंगुबाट बच्न सचेतना गराउने लगायतका कार्यहरु गरिरहेको छ ।

सुदूरपश्चिममा समेत यो रोगका कारण दुई जनाले ज्यान गुमाई सकेको अवस्थामा राज्यको मुख ताक्नु भन्दा आफै अघि सरेर केही गर्ने उद्देश्यका साथ साझा पार्टीले जिल्लाका विभिन्न स्थानहरुमा औषधि छर्कने, रोगबारे जानकारी दिने र लामखुट्टेको टोकाईबाट कसरी सुरक्षित राख्न सकिन्छ ? भनेर जानकारी दिइएको पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले जानकारी दिए ।

यस्तै रोटरी क्लब अफ धनगढीले समेत यहाँका विभिन्न विद्यालयहरुमा डेंगुरोगबारे सचेतना कार्यक्रमहरु गरिएको क्लबका अध्यक्ष हरिशंकर ठाकुरले जानकारी दिए । उनले धनगढीमा रहेको ऐश्वर्य विद्या निकेतन, चिल्ड्रेन्स एकेडमी, एक्सिस विद्याश्रम, त्रिनगर मावि लगायत एक दर्जन विद्यालयहरुमा क्लबका रहेका चिकित्सकहरुको टोलीले डेंगु रोगबारे जानकारी गराइएको बताए ।

– दीपक उपाध्याय

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *