नायिका साम्राज्ञीलाई दिपकराज गिरीदेखि नवल नेपाल सम्मले दिए यस्तो सुझाव

एजेन्सी, काठमाडौं। चलचित्र ड्रिम्सबाट रजटपटमा आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई राम्रो अभिनय गर्ने कलाकारका रूपमा लिइन्छ । उनले अभिनय गरेका प्रायस् सबै चलचित्र व्यवसायिक रूपमा सफल छन् । पछिल्लो चलचित्र मारुनीसम्म आइपुग्दा शाहले अभिनय कौशलमा समेत प्रशस्त सुधार ल्याएकी छिन् । नजिकका साथीभाइमाझ मात्र मजाले खुल्ने साम्राज्ञी बेला–बेलामा व्यक्तिगत कारणले विवादमा समेत तानिन्छिन् ।

साम्राज्ञीको अभिनय औसत हो, तर उनमा युवाहरूलाई आकर्षित गर्ने विशेष गुण छ जसलाई हामी ग्ल्यामर भन्छौं, त्यो अन्य अभिनेत्रीको तुलनामा बढी छ । म उनलाई एउटै सुझाव दिन्छु, ग्ल्यामरको बाटो लामो हुँदैन, राम्रो स्क्रिप्ट छान्नुपर्‍यो ।

दीपकराज गिरी, अभिनेतारनिर्देशक

हरेक चलचित्रमा चरित्र अनुसार अभिनय फरक–फरक हुन्छ । साम्राज्ञीले हालसम्म अभिनय गरेका चलचित्रमा जुन प्रकारका चरित्र निर्वाह गरेकी छिन्, ती सबै उत्कृष्ट छन्, जीवन्त लाग्छन् । मैले उनका प्रायस् सबै चलचित्र हेरेको छु । सबै चलचित्रमा उनले मन छुने अभिनय गरेकी छिन् । व्यक्तिगत जीवनमा पनि उनी पोजेटिभ भाइव भएकी, आत्मसम्मान भएकी युवती हुन् । उनी बिन्दास स्वभावकी छिन् अनि रिर्जभ पनि छिन् । यद्यपि कहिलेकाहीं त्यही रिजर्भ स्वभावका कारण उनी एक्लै पर्छिन् कि भन्ने डर छ ।

पुष्प खड्का, अभिनेता

मलाई साम्राज्ञीको अभिनय एकदमै मनपर्छ । उनको लुक्स, फिगर तथा व्यवहार पनि आकर्षक छ । उनले डाइलग डेलिभरीमा अलि बढी ध्यान दिनुपर्छ । बेला–बेलामा उनको अभिनयमा फिल देखिंदैन, त्यसमा सुधार ल्याउन सकिन् भने उनी देशकै अब्बल अभिनेत्री बन्न सक्छिन् ।

गजित विष्ट, अभिनेता

साम्राज्ञीको मैले जम्मा एउटा मात्र चलचित्र हेरेको छु— ड्रिम्स । पहिलो पटक भए पनि उनले त्यसमा राम्रो अभिनय गरेकी छिन् । व्यक्तिगत रूपमा उनी मलाई निकै स्मार्ट लाग्छिन् । साम्राज्ञी हरेक प्रकारका चुनौती सामना गर्न आफैं सक्षम छिन् जस्तो पनि लाग्छ ।

आर्जन पाण्डे, गायक

युवा पुस्तामाझ साम्राज्ञीको क्रेज लोभलाग्दो छ । उनको अभिनय पनि राम्रो छ । पहिलो चलचित्रको तुलनामा पछिल्ला चलचित्रमा सुधारिएको अभिनय गरेकी छिन् । पब्लिक फिगर भएकाले बेला–बेलामा आउने व्यक्तिगत चर्चाप्रति अलि ध्यान पुर्‍याउनुपर्छ । अनावश्यक चर्चाले उनकै प्रशंसकहरूलाई नराम्रो लाग्न सक्छ ।

वसन्त निरौला, निर्देशक

मलाई साम्राज्ञीको अभिनय मनपर्छ । मैले उनीसँग निर्देशकका रूपमा काम गरिसकेको छु । उनको कामप्रतिको जिम्मेवारी देखेर म चकित हुन्छु । उनीसंग दिनमा १६ घण्टा काम गर्न सक्ने सामथ्र्य छ । साम्राज्ञी उच्च स्थान बनाइसकेकी कलाकार हुन् । उनी हाम्रो क्षेत्रको गौरव हुन् अनि समाजको संवाहक पनि । त्यही भएर कहिलेकाहीं उनले आफ्ना व्यक्तिगत कुरालाई थोर–बहुत लुकाइदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

नवल नेपाल, निर्देशक

साम्राज्ञीको अभिनय पहिलो चलचित्रमा अब्बल थियो, तर दोस्रो चलचित्रयता उनको अभिनय निरन्तर खस्कँदो छ । सुन्दा तीतो लाग्छ, तर सत्य यही नै हो । म उनको शुभचिन्तक हुँ र उनको पहिलो र दोस्रो चलचित्रको लेखक पनि । अहिले उनले आफ्नो ध्यान अभिनयमा भन्दा पनि अरू नै कुरामा लगाएकी छिन्, जुन सबैले महसुस गरिरहेकै छन् । बाजेको पालामा खाएको घीउ, छोरा–छोरीको जीउमा लाग्दैन । अभिनयमा कलाकारले हरेक पटक आफूलाई प्रमाणित गर्नुपर्छ, यो मामिलामा साम्राज्ञी कमजोर हुँदै गएकी छिन् ।

सामीप्यराज तिमल्सेना, चलचित्र लेखक

सरल अभिनय तथा शारीरिक सुन्तरताले अझ राम्रो । उनले चलचित्रमा अभिनय गर्दा ‘मैले धेरै पारिश्रमिकका लागि भन्दा पनि राम्रो अभिनयका लागि काम गरेकी छु’ भनेको सुन्न पाइयोस् ।

सुमित खड्का, गायक

उनी अभिनयमा अब्बल छिन् । उनले आफूलाई पहिलो चलचित्रबाटै स्थापित गरिसकेकी छिन् । उनलाई सुझाव दिने कुरा त मसँग छैन, तर साम्राज्ञीले मौलिक नेपाली चलचित्रमा अभिनय गरेर दर्शकलाई फरक स्वाद चखाएको हेर्न मन छ । सुजन सुवेदी, भिजुअल एडिटर

कान्तिपुर साप्ताहिकमा खबर छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *