वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पद्मा लाजिम्पाटबाट पक्राउ

एजेन्सी, काठमाडौं। वैदेशिक रोजगारीको नाममा ठगी गर्ने लाजिम्पाटस्थित शिखर ईन्टरनेशनल म्यानपावरमा काम गर्ने तार्केश्वर नगरपालिका-२ बस्ने ३७ वर्षीया पद्मा जोशीलाई काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त म्यानपावरले वैदेशिक रोजगारीमा बिभिन्न मुलुकमा पठाउने गरेको र कतार प्रहरीमा डिमाण्ड छ, मासिक तलब ६ हजार रियाल हुन्छ भनि जोशीले आफ्नो बैंक खातामा करिब ६ लाख रुपैयाँ जम्मा गर्न लगाई तोकिए भन्दा बढी रकम लिई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । जोशीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *