एएफसी यू–१६ च्याम्पियन छनोटमा नेपाल ताजिकिस्तानसँग ७-० ले पराजित

एजेन्सी, काठमाडौं। जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।

शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको छ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो । जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ ।

ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेल भोलि श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *