चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण दशैँ लगत्तै, तर चिनियाँ पक्षलाई सुरक्षा चिन्ता

एजेन्सी, काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने लगभग निश्चित भएको छ । उहाँको नेपाल भ्रमण दशैँ लगत्तै हुने निश्चित भएको हो ।

राष्ट्रपति जिनपिङ भारत भ्रमणपछि नेपाल भ्रमणमा आउने हुनाले असोज २७ गते नेपाल भ्रमण मिति तय भएको छ । उहाँ भारत-चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानुहुने छ ।

सोही सम्मेलन पछि २७ गते नेपाल आएर २८ गते वेईजिङ फर्कनुहुने छ । भारत-चीन अनौपचारिक सम्मेलनमा भारतमा भने उहाँले प्रधानमनत्री नरेन्द्र मादीसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि हुने नेपाल भ्रमणको तयारीका लागि चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेपाल आएर छलफल गर्ने भएको स्रोतले जनाएको छ ।

तर चिनियाँ पक्षले राष्ट्रपतिको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् । यद्यपि नेपालले भने राष्ट्रपति सीको भ्रमणबारे भरपुर तयारी गरिरहेको बताएको छ । स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुने सम्भावना छ । तर लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *