‘छ माया छपक्कै’ ट्रेलर : ‘नेता पार्टीले होइन जनताले जन्माउँछ’

एजेन्सी, काठमाडौं। यही असोज २४ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘छ माया छपक्कै’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा बेमेल जोडीको प्रेम–कथालाई प्रस्तुत गरिएको छ, जहाँ दीपकराज गिरीको उमेर ४२ वर्ष र केही अधिकारीको उमेर २४ वर्ष देखाइएको छ ।

फिल्मको ट्रेलरमा दीपक र केकीको रोमान्टिक लभस्टोरीका साथै राजनीतिक खिचातानीको कुरालाई प्रस्तुत गरिएको छ । ट्रेलरलाई ‘नेता पार्टीले होइन जनताले जन्माउँछ’, ‘स्त्रीले बिगारेको पुरुषलाई मिस्त्रीले पनि बनाउन सक्दैन’ लगाएतका तीतो सत्य भनाईले रोचक बनाएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुक्ता बढेको छ ।

रोहित अधिकारी फिल्मस र आमा सरश्वती मुभिजको संयुक्त ब्यानरमा बनेको ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल, शुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर बंदेल, अनुराग कुँवर, विष्णु सापकोटा, सविन बास्तोला, बसन्त भट्ट, शारदा गिरी, दीपक क्षेत्री, सुनिता गौतम, बुद्धि तामाङ, रजनी गुरुङ, कुमार गजुरेल लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् ।

फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक लामा आफैले लेखेका हुन् । फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यु निरभीको संवाद रहेको छ, भने रोशन श्रेष्ठको द्वन्द्ध रहेको छ । फिल्मको निर्माताको रुपमा रोहित अधिकारी रहेका छन् ।

कार्यकारी निर्माताको रुपमा केदार प्रसाद घिमिरे र जितु नेपाल रहेको छन्, भने सह–निर्माताको रुपमा ताराचन्द्र बजागाई, सुमन गिरी, केशव न्यौपाने, दीपेन्द्र खनिया, सुरज बम ठकुरी र रविन डाँगी रहेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *