सलमानले ५५ लाखको घर दिने कुरा गलत : रानु

एजेन्सी, काठमाडौं। कुनै समय सडकमा गीत गाउँदै पैसा मागेर गुजारा चलाउने रानु मण्डल अहिले सामाजिक संजालमा निकै छाएकी छिन् ।

उनले सडकमा बसेर गाउँदै गरेको गीत सामाजिक संजालमा शेयर भएपछि गायक हिमेश रेशमियाले रानुलाई आफ्नो फिल्ममा गीत गाउने अवशर दिए । जुन गीत राता रात हिट भयो अहिले रानुलाई अन्य फिल्मकर्मीहरुले समेत आफ्नो फिल्ममा गीत गाउन प्रस्ताव गरिरहेका छन् ।

यसैबीच मिडियामा रानु मण्डलको गीत सुनेर नायक सलमान खानले भावुक भएर एक घर उपहार दिएको खवर बाहिरिएको थियो । तर हालै एनबीटिलाई रानुले दिएको एक अन्तर्वार्तामा सलमानले घर दिने कुरा आफुले पनि समाचारमा मात्रै सुनेको तर अहिलेसम्म यसबारे औपचारिक जानकारी कतैबाट नपाएको बताइन् । उनले भनिन् – ‘यदि उनले मलाई घर दिएको भए त सबैसामू खुलासा गर्थे’, ‘मैले यो समाचार सुनेँ तर मलाई यस खबरमा भरोसा भएन।’

रानुलाई सलमानसँग कुनै चलचित्रको गीतमा गाउनका लागि सहयोग माग्नेबारे प्रश्न गरिएको थियो। ‘मैले कसैसँग कुनै सहयोगका लागि बोलेकी छैन। सलमानसँग पनि म सहयोग माग्दिनँ’, उनले भनिन्, ‘एक गायिकाका रुपमा मलाई हिमेशजीले मौका दिए म उनलाई धन्यवाद दिन्छु।’

गायक तथा नायक हिमेश रेशमियाले रानु मण्डलको आवाज सुनेर आफ्नो फिल्म ‘ह्याप्पी हार्डी एन्ड हिर’का लागि गीत गाउन मौका दिएका थिए । गायक हिमेशसँग रानु मण्डलको आवाजमा ‘तेरी मेरी कहानी‘बोलको गीत अहिले निकै चर्चित बनेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *