प्रदेश- ३ को राजधानीमा पनि मनाइयो संविधान दिवस

एजेन्सी, मकवानपुर। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा पनि भव्य रुपमा मनाईएको छ ।

दिवसका अवसरमा हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट झाँकी सहितको र्याली नगर परिक्रमा गर्दै मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा औपचारिक कार्यक्रम गरिएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका संयोजक मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोईरालाको प्रमुख आतिथिका रुपमा उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रममा प्रदेश प्रमुख कोईरालालाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रमलाई मूल समारोह समितिका संयोजक तथा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सम्बोधन गरेका थिए ।

सम्बोधनमा मुख्यमन्त्री पौडेलले गणतन्त्र प्राप्तिमा ज्यान आहुति दिने सबै शहीदको सममान गर्दै शहीदको सपना साकार पार्नु सरकारको दायित्व रहेको र त्यसका लागि प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।

– देवराज पन्त

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *