‘यो संविधान अपूर्ण छ, संशाेधन गरेर सर्वस्वीकार्य बनाउनुपर्छ’ : मुख्यमन्त्री राउत

एजेन्सी, जनकपुरधाम । मुख्यमन्त्री लालबाबू राउतले वर्तमान संविधान सर्वस्वीकार्य बनाउनु पर्ने बताएका छन् ।

जनकपुरमा जारी एक २ दिने कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का मुख्य मन्त्री राउतले यो संविधानलाई संशाेधन गरेर सर्वस्वीकृत संविधान बनाउनु पर्ने तर्क गरेका छन् ।

उनले अझै पनि मधेशि, आदिवासी र जनजाति, थारु मुश्लिमको भावना समेटेर संविधान संसोधन गर्नु पर्ने आवश्यक्ता रहेको बताए ।

जनकपुरको उद्योग वाणिज्यसंघ सभा हलमा जारी दुई दिने नेपालको संविधान २०७२ मा जनताको अवधारणा राष्ट्रीय बहश कार्यक्रमको पहिलो दिन राउत सहित राष्ट्रीय जनता पार्टी नेपालका महन्थ ठाकुर, राजनीतिक विश्लेषक सीके लाल, विजयकान्त लाल कर्ण, वरिष्ठ लेखक किसोर नेपाल, मधेश मामिलाका जानकार वरिष्ठ संचक्रकर्मी चंद्रकिशोर लगायतका ब्यक्तिहरुले वर्तमान संविधानबारे खुलेर आलोचना गरेका थिए ।

कार्यक्रममा मधेश आंदोलन, जन आन्दोलन र लोकतंत्र आन्दोलनमा सहादत दिएकाहरुको परिजनलाई प्रमुख अथिती बनाएर सम्मान समेत गरीएको थियो ।

संविधान संशोधनसँगै मधेशको मागमा विषयमा बहस

राष्ट्रिय बहस र मन्थन कार्यक्रममा सहभागीका लागि ठुलठूल्ला नेताहरु जनकपुरधाम आएका छन् । संविधान निर्माण पश्चात् देशको, सामाजिक र राजनीतिक अवस्था, संविधान संशोधनसँगै मधेशका माग लगायतको विषयमा बहस गर्न केन्द्रीय स्तरका नेताहरु जनकपुर पुगेका हुन् ।

सानो पाइलाले आयोजना गरेका दुई दिने कार्यक्रममा पहिलो दिन मधेश आन्दोलनको फोटो, भिडियो प्रदर्शनी, शहीद परिवारजन र घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

त्यसपछि सर्वस्वीकृत संविधानको लागि के के संशोधन गर्ने, संविधानमा थारु, मुस्लिम र जनजाति समुदायको वर्तमान अवस्था, मधेश आन्दोलनः सम्भावना, सिकेका पाठ र पहिल्याइएका नयाँ मागहरु, राजनीतिक संस्कार र वित्तिय जवाफदेहितामाथि छलफल र बहस हुने बताइएको छ ।

त्यस्तै जनआन्दोलन, गणतान्त्रिक आन्दोलन र मधेश आन्दोलनका शहीदहरुको शहादतको सम्झनामा साँझ दीपप्रज्वलन गर्नेकार्यक्रम रहेको आयोजक पक्षले जनाइएको छ ।

त्यसैगरी दोस्रो दिन संविधानमा दलित समुदाय र वर्तमान अवस्था, समाज, संविधान र स्वतन्त्रता, नेपाली मिडियामा मधेश र सीमान्तकृत समुदायको चित्रण, मधेशमा संविधान दिवसको अर्थ र राज्यको अंगहरुको व्यहारमाथि नागरिक समाज, बुद्धिजीवि पत्रकार र राजनीतिक दलका विज्ञहरुले बहस गर्नु हुनेछ ।

दुई दिवसीय कार्यक्रममा प्रभु साह, महन्थ ठाकुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राजनीतिक विशलेषक सिके लाल, किशोर नेपाल, चन्द्र किशोर, दीपेन्द्र झा, सुबिना श्रेष्ठ, डम्बर चेम्जोङ्ग, राजकुमार लेखेर, लक्ष्मण थारु, सबनम खातुन, कृष्ण हाछेथु, प्रदीप गिरी, भाष्कर गौतम लगायतका व्यक्तिहरु वक्ताको रुपमा रहेको जनाइएको छ ।

– घनश्याम मिश्र

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *