प्रदेश- १ सरकारकाे झकिझकाउ संविधान दिवस

एजेन्सी, विराटनगर। प्रदेश १ सरकारले राजधानी विराटनगरमा प्रभातफेरी साथै विभिन्न कार्यक्रमहरु आयोजना गरी धुमधामका साथ संविधान दिवस मनाएको छ ।

शुक्रवार आयोजना गरिएको संविधान दिवसको अवसरमा मुख्यमंत्री शेरधन राईले संघ प्रदेश र स्थानीय तहको संवैधानिक दायरा अन्तर्गत रहेर सहकारिता, समन्वय र सहअस्तित्वका आधारमा जनताको सेवामा जुट्न सके मात्र संविधान कार्यान्वयनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले संविधान जनभावना र अपेक्षाहरुलाई सम्बोधन गर्ने मुल दस्तावेज भएकाले यसको कार्यान्वयन अपरिहार्य रहेको बताउनु भएको छ ।

संविधान दिवसको उपलक्ष्यमा आयोजित सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका, सगरमाथा टिन्स क्लव लगायत विराटनगरका विभिन्न विद्यालयहरु साथै विभिन्न संघ संगठनहरुको मार्च पाससहित झाँकीहरु प्रस्तुत गरिएको थियो ।

प्रदेश प्रमुख प्राडा. गोविन्द बहादुर तुम्बाहाङको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा साहित्यकारतर्फ राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (व्याकुल माईला), पर्वतारोहणतर्फ कामिरिता शेर्पा र खेलकुदतर्फ अल्ट्रा म्याराथुन धावक मिरा राईलाई जनही ५ लाख रुपैया सहित सम्मान गरिएको थियो ।

संविधान दिवसको अवसरमा मुख्यमंत्री राईले नेपाली जनताको एकताको प्रतिकको रुपमा रहेको राष्ट्रिय झण्डा विराटनगर विमानस्थल र जनआन्दोलन चोकमा फहराउनु भएको थियो । प्रदेश १ का सामाजिक विकास मंत्री जीवन घिमिरेले विराटनगर जोगवनी नाका रानीमा नेपालको राष्ट्रिय झण्डा फहराउनु भयो । प्रदेश सरकारले संविधान दिवसको अवसरमा प्रदेश नं. १ का महत्वपुर्ण स्थानहरु साथै विभिन्न जिल्लाका सदरमुकामहरुमा गरी २५ ठाँउमा ठूला आकारका राष्ट्रिय झण्डा फहराएको छ ।

– तारा आचार्य

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *