संविधान दिवसमा २६० जनाकाे सजाय कट्टा, २२ जनालाई आममाफी

एजेन्सी, काठमाडौं। सरकारले यस वर्षकाे राष्ट्रिय संविधान दिवसकाे अवसरमा २६० जना कैदीकाे बाँकी सजाय मिनाहा गरेकाे छ ।

आज संविधान दिवसकाे अवसरमा मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले उक्त कैद माफी गर्नुभएकाे हाे ।

नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका २६० जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयाे ।

यसैगरी मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति भण्डारीले रामकिशोर साह तेलीलगायत २२ जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय आम माफी गर्नुभएको छ ।

सहायक प्रवक्ता घिमिरेका अनुसार संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम साे सजाय माफी भएकाे हाे ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *