धरान पिण्डेश्वरमा श्राद्ध गर्नेहरुको भीड

एजेन्सी, धरान। नेपालीहरुको घर घरमा महान चाड दशै भित्रिन लागेको छ । दशै अगाडि १६ दिनसम्म आफ्ना पितृहरुलाई सम्झेर श्राद्ध गर्न प्रचलन छ । यसै क्रममा धरान १४ पिण्डेश्वरमा श्राद्ध गर्नेहरुको भीड बढेको छ । भाद्र शुक्ल पूर्णिमादेखि असोज कृष्णपक्षसम्ममा आफ्ना दिवंगत पितृहरुलाई पितृहरुको मृत्यु तिथि अनुसार श्राद्ध गर्नेका भीड लागेको हो ।

सोह्र श्राद्धमा् पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । सोह्र श्राद्धमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको पिण्डश्वर मन्दिरका पण्डित गोपी पोख्रेलले बताउनुभयो ।

पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । आफ्ना पितृको संम्झनामा सोमबार तिथि पारेर श्राद्ध गर्न आउनु भएका उद्धवराज खतिवडाले सोह्र श्राद्धमा तिथि पारेर श्राद्ध गर्दा पितृको उद्धार हुन भएकोले श्राद्ध गरेको बताउनुभयो ।

उहाले तिथिको बेला श्राद्ध गर्दा पितृले आफना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहदै आएकोले पनि पितृका सम्झनामा श्राद्ध गर्दै आएका बताउनुभयो । खतिवडाजस्तै सोह्रश्राद्र्ध लागेपछि पितृको संम्झनामा तिथि पारेर पिण्डेश्वर मन्दिरमा श्राद्ध गर्नेहरु आउन थालेका छन् । हिन्दु धर्ममा श्राद्धको ठूलो महत्व भएकै कारण पनि यसलाई सबैले महत्वका साथ लिने गरेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *