तितेकरेला : यस्तो छ फाइदाहरु, थाहा पाउनुहोस्

एजेन्सी, काठमाडौं। तीते करेला कमैलाई मन पर्छ । तर, यो स्वास्थ्यका लागि निकै लाभदायिक छ । शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्याउँछ । पाचनशक्ति बलियो बनाउने र भोक जगाउने काम करेलाले गर्छ ।गर्मीयाममा करेला सेवन गर्नु लाभदायक हुन्छ जसले शितल बनाउँछ ।

दमको समस्या भएकाहरूले मसला नराखी पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ । पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् । बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा हुन्छ । बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ । डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्नुको साथै रगत सफा हुन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *