प्रधानमन्त्रीलाई भेटेपछि श्वेताले लेखिन्, ‘वहाँको सकारात्मक विचार र इच्छाशक्ती देखेर दङ्ग भएँ ’

एजेन्सी, काठमाडौं। नायिका श्वेता खड्काले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गरेकी छिन् । उनले प्रधानमन्त्रीसँगको भेटमा एकिकृत नमुना माझी बस्तीको बारेमा समेत कुराकानी भएको उल्लेख गरेकी छिन् ।

श्वेताले फेसबुकमा प्रधानमन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘हिजो, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युसंग भेट्ने शुभ अवसर जुर्यो । भेटका अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीको बारेमा कुरा भयो । भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक विचार र द्रुढ इच्छाशक्ती र देखेर म त दङ्ग भएँ ।

प्रधानमन्त्री ज्युबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले म भित्र भिन्नै जाँगर थपिदिएको छ । ५३ घर माझी परिवारका लागी एउटा सुन्दर बस्ती बनाउने यो अभियानमा सबै तह , सबै तप्का र सबै पक्षलाई जोड्ने मेरो प्रयास जारी छ । लौन त, राजनैतिक देश र अतिवादी सोचलाई पैताला मुनी कुल्चिएर सामाजिक विकासको पाटोमा हामी सबैले साझा पाईला चाल्ने कि !’

केहि समय अगाडी घाँटीमा ट्युमर देखिएपछि श्वेता अचेल फुर्सदमा छिन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *