‘लप्पन छप्पन–२’मा सौगात र अर्पणको ‘डन अवतार’

एजेन्सी, काठमाडौं। फिल्र्म लप्पन छप्पन–२’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । विहीबार चलचित्रका कलाकार अर्पण थापाले आफ्नो फेसबुक मार्फत फिल्मको पहिलोपोष्टर सार्वजनिक गरेका हुन् ।

नेपालका सर्वाधिक चलेका स्टारकास्टले भरिएको फिल्म ‘लप्पन छप्पन–२’ को दमदार पहिलो पोष्टरमा फ्रान्सको पेरिस स्थित आइफिल टावरको ब्याकग्राउण्डमा सौगात मल्ल र अर्पण थापाको दमदार लुकलाई प्रस्तुत गरिएको छ ।

फिल्म ‘लप्पन छप्पन–२’ हालै युरोपका विभिन्न शहरहरुमा छायांकन सकेर नेपाल फर्किएको थियो । युरोपबाट फर्किए लगत्तै फिल्म युनिटले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो । मुकुन भट्टले निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन–२’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ र सुरबिना कार्की लगाएतको मुख्य भूमिका रहेको छ ।

युरोपमा सुटिङ गरिएको यो फिल्म फागुन ९ गतेबाट नेपालभर प्रदर्शन गरिने भएको छ । फिल्मबाट निकै आशा र भरोसा राखिएको फिल्मका कार्यकारी निर्माता प्रकाश कुवँरले बताएका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *