भोलिबाट ‘ईन्डो–नेपाल पिकलबल’, ५ विधामा प्रतिस्पर्धा गराइने

एजेन्सी, काठमाडौं। नेपालमा नौलो खेलको सुरुवातको रुपमा ईन्डो–नेपाल पिकलबल च्याम्पियनसीप शुक्रबारबाट हुने भएको छ । ग्यालेक्सी स्कुलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरी ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष र महिला गरी एकल तथा युगल एवं मिश्रित जोडी गरी पाँच विधामा प्रतिस्पर्धा गराइने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए ।

अमेरिकाबाट सुरु भएको तथा युरोप, एशिया र दक्षिण एशियाको भारतमा समेत चर्चित भइसकेको खेल नेपालमा पनि विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एशियन पिकलबल संघका महासचिव अमित कुमार राणाले जानकारी गराए । उनी उक्त प्रतियोगिताका लागि नेपाल आइसकेका छन् ।

नेपालमा यस खेलको विकास र विस्तार गर्ने उदेश्यले सन् २०२० मा एक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोच बनाएको महासचिव राणाले बताए । यसका साथै भारतीय खेलाडीहरु आज विहीबार नेपाल आइपुग्ने नेपाल पिकलबल संघका अध्यक्ष आचार्यले जानकारी गराए । नेपालले यस अघि देहरादुनमा ईन्डो–नेपाल पिकलबल च्याम्पियनसीपमा सहभागिता जनाई सकेको छ ।

ब्याडमिन्टन, टेनिस र टेवलटेनिसको मिश्रित रुप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झै नेट र टेबलटेनिसको जस्तै फाईबरको ¥याकेटको प्रयोगले खेलको लागि निर्मित प्लास्टिकबलले टेनिस जस्तै गरी खेलिने छ । टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाइने छ ।

सबै उमेरका लागि योग्य यस खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय हुनुका साथै एशियामा चीन, जापान, कोरिया, थाइल्याण्ड, सिंगापुर, भारत लगायत १८ देशमा निकैनै लोकप्रिय रहेको महासचिव राणाले जानकारी गराए । यो खेल कभर्डहल र खुला भुभागमा हार्डकोर्टमा समेत खेल्न सकिने र सवै उमेर समूहका लागि योग्य भएका कारण यस खेलले नेपालमा पनि छिटैनै लोकप्रियता हासिल गर्नेमा आफू बिश्वस्त रहेको महासचिव राणाले बताए ।

प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान १०ः ०० बजे ग्यालेक्सी स्कुलमा हुने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए । यस्तै प्रतियोगिताको समापन तथा पुरस्कार वितण शनिबार दिनको ३ः ०० बजे हुने कार्यक्रम रहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *