अब श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना

एजेन्सी, काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट जरिवाना समेत असुल्न थालेको छ ।साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए ।

विगतमा ठगी गर्ने म्यानपावरबाट श्रमिकलाई क्षतिपूर्ति मात्र भराउने चलन थियो । वैदेशिक रोजगार ऐन २०६४ मा गलत सूचना दिने, श्रमिक ठगी गर्ने म्यानपावर र सम्बद्ध संस्था र व्यक्तिलाई जरिवाना तिराउनुपर्ने व्यवस्था छ । नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *