दोस्रो रात्रिकालीन क्रिकेटको तयारीमा जुट्यो ‘फूलबारी क्रिकेट क्लब’

एजेन्सी, इनरुवा । अघिल्लो वर्षको सफलतासँगै हौसिएको आयोजक फूलबारी क्रिकेट क्लब असोजको पहिलो साताबाट सञ्चालन हुने दोस्रो रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारीमा जुटेको छ । इनरुवा खेल मैदानमा सञ्चालन हुन लागेको दोस्रो संस्करणको प्रतियोगितामा तीन विभागीयसहित राष्ट्रिय स्तरका १६ टिमले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिता सुनसरी सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा अशोजको ४ गतेबाट सञ्चालन हुँदैछ । अघिल्लो संस्करणमा १० टिम सहभागि रहेकोमा यस पटक भने प्रतिस्पर्धी टिमको संख्या १६ पु¥याइएको छ । आयोजक संस्थाका अध्यक्ष शिबु यादवले प्रतियोगितामा सहभागिताकालागि देशभरका दुई दर्जन बढी टिमले इक्षा देखाएको भएपनि १६ वटा टिममात्र समावेश गर्न सकिएको बताए । उनले क्रमशः टिम संख्या थप गर्दै लैजाने बताए ।

यादवले पहिलो संस्करणको सफलताले हौषिएका कारण यस पटकको प्रतियोगितालाई परिस्कृत तवरले सञ्चालनमा ल्याउन लागिएको बताए । उनले यस पटक केही नयाँ अनुभव प्रयोगमा ल्याउन लागिएको बताए ।

प्रतियोगिता मिति नजिकिएसँगै मैदानमा मेसिनबाट घाँस काट्ने तथा सम्याउने काम थालिएको छ । पिच तयारी सहित मैदान मर्मत र अत्याधुनिक लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक सञ्जय यादवले बताए । सञ्जयका अनुसार यस पटकको प्रतियोगितामा एलईडी एटम्प र लोगो सहितको बल प्रयोगमा ल्याइने छ ।

प्रतियोगितामा विभागीय टिमहरु नेपाल पुलिस, एपीएफ र आर्मीसहित धनगढी, विराटनगर, चितवन, जनकपुर, सप्तरी, झापा, बिरगञ्ज, बेलबारी, धरान, दुहवी र आयोजक फूलबारी लगायतका टिमले सहभागिता जनाउँदै छन् ।

अशोज ४ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल अशोज १८ गते हुनेछ । खेलको बिजेताले नगद २ लाख सहित ट्रफी र उप–बिजेताले १ लाख रकम हात पार्ने छ ।

– अमर काफ्ले

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *