बजार : यस्तो छ आजको सुनको भाउ

एजेन्सी, काठमाडौं। आज बुधबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य हिजोकै भाउमा कारोबार भइरहेको छ । सोमबार एकैदिन ११ सय रुपैयाँ बाढेको सुनको भाउ मंगलबार र बुधबार भने स्थिर रहेको छ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *