विदेश जान छोडेर ७२ बिगाहमा केरा खेती ! ३ करोड बढीको कारोबार, छोरा भन्दा केरा प्यारो

एजेन्सी, चितवन। चितवनका शंकर सुवेदी अगुवा केरा किसान हुन् । उनले चितवनमा ठुलो क्षेत्रफलमा व्यवसायीक केरा खेती गरीरहेका छन् । विदेश जाने सोचमा रहेका शंकरले व्यवसायीक रुपमा कृषी कर्म गर्न लागेका हुन् ।

चितवनका विभिन्न भागमा गरी जम्मा ७२ बिगाह क्षेत्रफलमा केरा खेती गरीएको उनले जानकारी दिए । शंकरले केरा खेती मात्रै गरेका छैनन्, चितवनमा उनले माछा पालन व्यवसाय पनि सुरु गरेका छन् । विदेश जान छोडेर कृषी कर्ममा लागेको पछुतो नभएको उनले बताए ।

आफ्नो ठाउँमा हुने कृषी खेतीलाई व्यवसायीक बनाउन सके पैसा कमाउन बिदेश जान नपर्ने उनको भनाइ छ । उनीसँग अन्य दुई जना मिलेर सामुहिक रुपमा केरा खेती गरेका हुन् । उनिहरुले केराखेतीबाट बार्षिक बिगाहको ५ लाख बढी कारोबार गर्ने गरेका छन् ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *