मरिच सेवनले आँखा कमजोरी, क्यान्सर र पाइल्सबाट पाइन्छ छुटकारा

एजेन्सी, काठमाडौं। मरिचलाई मसलाको रुपमा प्रयोग गरिन्छ । मरिचलाई चिया ,अचार, तरकारी आदिमा प्रयोग गरिन्छ।

जाडो याममा चियामा मरिच राखेर खादा न्यानो गराउन मात्र नभई स्वास्थ्यलाई फाइदा गर्दछ । यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।

मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ ।

क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ । आँखा कमजोर भएमा मरिच पिसेर धूलो बनाउनुस् अनि घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नुस् । यसो गर्दा आँखा तेजिलो हुन्छ ।

मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिएमा पेट भित्रको किरा मर्छ । पाइल्सको समस्या छ भने मरिच उत्तम औषधी हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *