केरा खादा स्वास्थ्यमा हुने अचम्मका फाइदाहरु

एजेन्सी, काठमाडौं। केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई कमजोरी भयो र तत्काल इनर्जी चाहियो भने एउटा केरा क्वाप्प खाँदा हुन्छ, केही मिनटमै शरीरको कमजोरी हराइहाल्छ । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन ।

यही कारण केरा किलोको भाउमा हैन, दर्जनको भाउमा बिक्छ । किनकी, केराका गुण पनि दर्जनौं छन् । पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ ।

यो त पाकेको केराको कुरा भयो । काँचो केरा पनि कम हितकर छैन । काँचो केरा खाँदा शरीरमा आइरनको पुर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *