ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

एजेन्सी, काठमाडौं। भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ।ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो।शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए।प्रहरीले शाहीको पत्रकार सम्मेलनमा हुलहुज्जत भएपछि सुरक्षाका लागि उनलाई नियन्त्रणमा लिएर परिसर ललितपुर लगेको छ।

परिसरका डीएसपी देवेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा झडपकाेस्थिती बनेपछि शाहीलाइ सुरक्षित रूपमा परिसर लगिरहेकाे बताए।अभियन्ता शाही ले नेपाल गंज बाट फर्किने क्रम मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई को कारण १ घण्टा धिलाभेको भन्दै आक्रोशित भिडियो सार्बजनिक गरेका थिए ।त्यहि बिषयको जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । भिडियोमा यात्रुहरू मन्त्रीले जहाज ढिला गराइदिएको भन्दै भट्टराईसँग रिसाएका छन्। ‘एक घण्टासम्म प्लेन रोक्ने ? कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो?’, भिडियो खिच्दै गरेका व्यक्ति आक्रोशित हुँदै मन्त्रीलाई सोध्छन्, ‘टाइमको ख्याल राख्नुपर्छ कि पर्दैन ?’

‘संविधान तपाईँले बनाएको हो। संविधानको कुन चाहिँ सेक्सनमा लेखेको छ मन्त्रीले प्लेन रोक्ने भनेर ?’, अर्का व्यक्तिले सोध्छन्।कहिले प्रधानमन्त्री आउने प्लेन दुई घण्टा जाम गर्दिने।…. यसको जवाफ दिनुस्, हामी तपाईँलाई रेस्पेक्ट गर्छौँ, तर यो तरिका भएन मन्त्रीज्यू, फेर्नुस् बुद्धिमा बिर्को आओस्, तपाईँको पद र तपाईँलाई हामी सम्मान गर्छौँ’ भिडियोमा एक व्यक्तिको चर्को आवाज सुनिन्छ। ‘यो त पञ्चायतमा जस्तै भइसक्यो’- अर्का व्यक्ति भन्छन्। ‘पञ्चायतमा बरु यस्तो थिएन’, भिडियोमा मन्त्रीसँग बढी नै आक्रोशित भएका व्यक्ति भन्छन्।

‘दाइको विश्वास गरेका थियौँ तर भएन….’ अर्का व्यक्ति योगेशलाई हेर्दै भन्छन्।’संस्कृति मन्त्री हुनुहुन्छ तर संस्कारै छैन’, चर्को आवाजका व्यक्ति भन्छन्।आक्रोशित यात्रुहरूलाई मन्त्री भट्टराई भने केही पनि जवाफ दिँदैनन्। उनीसँगै रहेकाहरूले यात्रुहरूलाई सम्झाउन खोजेको तर मन्त्री भट्टराईले प्रतिक्रिया दिन नचाहेको भिडियोमा देखिन्छ।मन्त्री विमानस्थलबाट जहाज चढ्नुअघि खिचिएको भिडियोमा पनि भिडियो खिच्दै गरेका व्यक्ति जो चर्कोसँग मन्त्रीको विरोध गरिरहेक छन्, उनी मन्त्री आउने भनेर एक घण्टा रोकिएको भनिरहेका छन्।

‘मन्त्रीले सबैसँग माफ माग्नुपर्छ अनि सबै चढ्ने हो…., उनी चिच्याउँछन्।’यो बुद्ध एअर हो कि मन्त्रीको चम्चा ?’, उनी अझै चिच्याउँछन्। बुद्ध एअरका कर्मचारीलाई पनि यात्रुहरूले जहाज किन रोकिएको भन्दै झाँको झारेका छन्।यसैबीच मन्त्री भट्टराई आइपुग्छन् र जहाज चढ्न लाग्छन्।आक्रोशित यात्रुहरू मध्ये उनै भिडियोमा चर्को बोल्ने यात्रु मन्त्रीलाई रोक्न खोज्दै भन्छन्- ‘एकैछिन मन्त्रीज्यू। यो पाराले भएन। कायर भएर प्लेनमा नचढ्नुस्। हु आर यु (तपाईँ को हो?”वि वान्ट टु टक विथ द्‍याट मन्त्री। हु इज द मिनिस्टर ? मिनिस्टर इज द सर्भेन्ट अफ दिस कन्ट्री (हामी यो मन्त्रीसँग कुरा गर्न चाहन्छौँ।

को हो मन्त्री ? मन्त्री भनेको मुलुकको सेवक हो)’, ती व्यक्ति अझ आक्रोशित भएका छन्, ‘प्लेन रोक्ने ? एकछिन होइन, दुई छिन होइन, देशमा अत्याचार गर्ने ?’ज्ञानेन्द्र शाहीले फेसबुकमा यी भिडियो राखेर लेखेका छन्- ‘मन्त्री योगेश भट्टराईले आज नेपालगन्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो। विचरा मन्त्रीज्यू मुसो लुके जसरी लुक्नु भो। अब नागरिक सचेत भइसके। अरिङ्गालका दिन गन्ती सुरु।’

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *