पासवर्ड फिल्ममा ‘आइटम डान्स’ गरेकी सन्नी लियोनीले अब नेपाली फिल्ममा मुख्य भूमिकामा अभिनय गर्ने

एजेन्सी, काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोनीले मुख्य भूमिकामा रहने गरी नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । पासवर्ड फिल्ममा ‘आइटम डान्स’ गरेकी उनी फिल्मको प्रमोसनका लागि नेपालमा आएका बेला यस्तो बताएकी हुन् । , ‘पासवर्ड’मा सानो भूमिका भए पनि आउँदो दिनमा नेपाली फिल्म खेल्न इच्छुक रहेको उनले बताएकी छन् ।

यसैबीच पासवर्ड फिल्मका निर्माता अमित बस्नेतले सन्नीले अब मुख्य भूमिकामा नेपाली फिल्म खेल्ने बताए । उनले भने, अब मैले नै निर्माण गर्ने अर्को फिल्ममा सन्नी मुख्य भूमिका हुने छिन् ।। यस फिल्ममा निर्देशक भने भारतीय निर्देशक सनी हर्जानी हुने छन् ।

फिल्म एब फिल्मसको ब्यानरमा निर्माण हुने बस्नेतले बताए । सन्नीले नेपाली फिल्म पासर्वडको गीतमा आइटम डान्स गरेबापत २ करोड लिएकी थिइन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *