रोल्पा पहिरो अपडेट : बेपत्ता भएका ४ गरी ६ जनाकै मृत्यु

एजेन्सी, रोल्पा । रोल्पाको थबाङ- २, छेर्लोबाङमा बिहीबार राति गएको पहिरोले पुरिएका ६ जनाकै मृत्यु भएको छ । रोल्पाको सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लोबाङमा घरमाथिबाट खसेको पहिरोले स्थानीय ठिरकुमारी बुढामगरको घर पहिरोमा सो घरमा रहेका पुरिदा ६ जनाकै मृत्यु भएको हो ।

पहिरोले पुरिँदा सो घरको माथिल्लो तलामा बसेका शिरकुमारी बुढा मगर र उनका चार वर्षीय छोराको मृत्यु भएको समाचार यसअघि नै आएको थियो । उनीहरु सुतेकै अवस्थामा पहिरोले च्यापिएर मृत अवस्थामा फेला परेको स्थानीय गाउँलेहरुले बताएका थिए ।

त्यस्तै आफ्नो घर पहिरोमा पर्ने भएपछि ठिरकुमारी बुढामगरकै घरको भुँइ तलामा बसेका ४० वर्षीय जय बुढा, मूलज्योति बुढा, बिर्सिती बुढा र चिरन बुढाको पनि मृत्यु भएको हो ।

पहिरोबाट स्थानीय किसानका गाईबाख्रा र भेंडाको गोठ समेत पुरिएको छन् भने केही चौपाया मृत फेला परेका छन् । घटनास्थल रोल्पा सदरमुकाम लिबाङवाट करिब २५ कोस उत्तरमा पर्छ ।

घरको माथिपट्टि खनिएको सडकको माटोसहित आएको पहिरोले सो घर र गोठहरु पुरिएको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *