स्वस्तिमा खड्का कार्यक्रममा बोल्ड रुपमा आएर बसे पछी सब पत्रकारको क्यामरा उनै तिर

एजेन्सी, काठमाडौं। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा निकै चर्चामा आएकी हिरोइन हुन् स्वस्तिमा खड्का। चलचित्र होस्टल रिटन्र्स बाट नेपाली चलचित्रमा डेब्यु गरेकी उनी पछिल्लो समय फिल्म बुलबुल लाइ लिएर निकै चर्चामा छिन् । निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसेकी उनले चलचित्र दुई रुपैयाँ मा समावेश गरिएको गीत कुटुमा कुटु गरेको नृत्यले लोकप्रियता हासिल गरिन्। उक्त गीत हिट भएपछि उनले लाखौ फ्यान कमाउन सफल भइन्।

अब उनले अभिनय गर्न लागेको चलचित्र हो चपली हाइट ३, तिहारपछि छायांकन सुरु हुने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, नव-अभिनेता महेश त्रिपाठी, अभिनेत्री सुपुष्पा भट्ट, नव-अभिनेता प्रतिक श्रेष्ठ र अभिनेता आमिर गौतमको प्रमुख भूमिका रहनेछ । यो फिल्मका लागि अभिनेत्री स्वस्तिमाको रोलमा सबैभन्दा अगाडि अभिनेत्री साम्राज्ञी आरएल शाहलाई अफर गरिएको थियो । तर, उनले फिल्मको नाम परिवर्तन गर्न आग्रह गरेपछि निर्माण टिमसँग कुरा बनेन ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *