बाँकेमा भएको सांघातिक आक्रमणको विरोधमा उत्रिने कांग्रेसको चेतावनी

एजेन्सी, काठमाडौं। नेपाली कांग्रेसले बाँके जिल्लामा भएको सांघातिक आक्रमणको विरोधमा उत्रिने चेतावनी दिएको छ । सो घटनाका विरूद्ध निर्धारित कार्यक्रमहरूबारे जानकारी गराउदै शुक्रबार कांग्रेसले जारी गरेकाे प्रेस विज्ञेप्तीमा आफुहरु विरोधमा उत्रिने जानकारी दिएको हो ।

कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ता माथि हात पात हुँदा समेत सरोकारवाला निकाय मौन बसेको भन्दै शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीका विरूद्ध सम्बन्धित निकायहरूमा ज्ञापन पत्र दिने कार्यक्रम रहेको छ ।

बाँकेका हकमा आजै १२ः०० बजेदेखिको प्रर्दशन गर्नुको साथै सम्बन्धित प्रदेश सभा क्षेत्रका लागि केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायतको नेतृत्वमा प्रर्दशन पश्चात स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाउने कार्यक्रम निर्धारण गरेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *