अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि एसियाली शेयर बजारमा सुधार

एजेन्सी, काठमाडौं। अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ ।

जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०.६ प्रतिशत वृद्धि भई २७,२६२.८० विन्दुमा पुगेको छ । सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९.२० विन्दुमा पुगेको छ ।

शाङ्घाई, ताइवान र दक्षिण कोरियाको शेयर बजारमा भने विदाका कारण शुक्रबार कारोबार भएन । भारतको सेन्सेक्स ३७,०९२.८१ विन्दुमा रहेको छ । सिंगापुर, बैंकक र जकार्ताको शेयर बजारमा वृद्धि भए पनि मलेसियाको शेयर बजार घटेको छ ।

अमेरिका र चीनबीच वार्ता हुने खबर सार्वजनिक भएलगत्तै गएराति वालस्ट्रिटको शेयर बजार बढेको थियो ।

अमेरिकाले चीनबाट आयात हुने सामानमा दुई साता अर्थात अक्टोबर १५ सम्म करवृद्धिमा ढिलाई गर्ने घोषणा गरेको थियो । तर विगतमा प्रयोगमा आइसकेका करहरु भने यथावत रहने छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *