त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एलेन गुरुङ अपहरण, ४ जना पक्राउ

एजेन्सी, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कदा एलेन गुरुङ अपहरणमा परेका छन् । कास्की जिल्ला घर भएका एलेन गुरुङ एयरपोर्ट बाहिरिने क्रममा अपहरणमा परेका हुन् ।उनलाई सिन्धुपाल्चोकका दिनेश लामासहित चारजनाको समूहले अपहरण गरेको हो । अपहरण परेको सूचना पाएसँगै गुरुङ र चारजना अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं परिसरका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले बताए ।

कालीमाटी वृतका प्रमुख एवं डीएसपी रुगम कुवँरको खटिएको टोलीले अपहरणकारीलाई सोल्टीमोड मार्गनजिकै रहेको हङग्री एण्ड फुडअन्तरा क्याफेबाट पक्राउ गरेको हो । एलेन गुरुङ भद्रपुरबाट काठमाडौं आएका थिए । उनीहरुबीच आर्थिक कारोबार रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *