१५ महिनाको प्रयासपछि अन्तत: नयाँ कामदारलाई मलेसिया जाने बाटो खुल्यो

एजेन्सी, काठमाडौं। लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारीको बाटो खुलेको छ। आज नेपाल र मलेसियाका अधिकारीबीच सहमती भएपछि मलेसिया जाने बाटो खुला भएको हो । तीन दिनदेखि बसेको बैठकमा बिहीबार सहमति भएको हो । नयाँ कामदार मलेसिया लाने तयारी बुझ्न एक विशेष टोली नोभेम्बरको पहिलो साता काठमाडौं आउने बताइएको छ ।

टोलीले स्वास्थ्य परीक्षणका लागि स्वीकृत भएका २२ संस्थानको अनुगमन गरेर नयाँ कामदार मलेसिया जाने प्रक्रिया सुरु हुनेछ । ५ महिनाको प्रयासपछि नयाँ कामदारका लागि रोजगारीका लागि मलेसिया जाने बाटो खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र उमेश ढुंगाना नेतृत्वको टोलीले मलेसियामा उक्त सहमति गरेको हो।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *