अवैध १ हजार १६ पिस टप्स बरामद

एजेन्सी, रुपन्देही। चाडपर्व नजिकिँदै जाँदा अवैध रूपमा चोरी निकासी गर्ने क्रम बढेको छ । चोरी निकासी गर्दै अवैध रूपमा सामान ल्याउने क्रम फेरि बढ्न थालेपछि सुरक्षा निकायले पनि सकृयता बढाउन थालेको छन् । यसै क्रममा बुधबार बेलुका साढे ५ बजे ठूलो परिणाममा लेडिज टप्स बरामद भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ डण्डा पुल नजिकैको भन्सार सुरक्षा गस्तीले चेकजाँचको क्रममा बा ७ च ५९५४ नम्बरको मारूती सुजुकी कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा १ हजार १६ पिस टप्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म हेड क्वाटर (राजस्व भन्सार सुरक्षा)का गुल्मपति डिएसपी गोबिन्द बहादुर खातीको कमाण्डमा रहेको टोलीले चेकजाँचका क्रममा उक्त परिणामका पोशाकहरू बरामद गरेको हो । बरामद सबै सामानको भन्सार तिरेको कागजातहरू, प्रज्ञापन–पत्र केही नभएपछि भैरहवा भन्सार कार्यालय चलान गरेको खातीले बताए ।

बरामद सामानको मूल्यांकन १ लाख ५२ हजार ४ सय कायम गरिएको छ । सामानसहित ढुवानीमा प्रयोग भएको सवारी साधनको १२ लाख मूल्य कायम गरी भन्सार चलान भएको छ । सवारी चालकलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालय चलान गरिएको जनाइएको छ । उक्त सामानहरू सीमावर्ती भारतीय बजार सुनौलीबाट खरीद गरी नेपाली बजारमा विक्रीका लागि ल्याइँदै थियो । तस्करले प्रहरीको आँखा छलेर अवैध सामान नेपाल भित्रयाउँदै आएका छन् ।

– मनोरञ्जन शर्मा

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *