अख्तियारद्वारा घुसको रकम सहित जिल्ला अदालत सिरहामा कार्यरत कर्मचारी रंगेहात पक्राउ

एजेन्सी, काठमाडौं। जिल्ला अदालत सिरहामा कार्यरत एक कर्मचारीलाइ अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले घुसको रकम सहित रंगेहात पक्राउ गरेको छ ।

सवारी चालकको पदमा कार्यरत भनिएको वृज मोहन यादवलाई आयोगको बर्दिवास कार्यालयबाट खटेको गस्ती टोलीले एक लाख दस हजार नगद सहित पक्राउ गरेको स्थानीय स्रोतले जनाएको छ ।

अख्तियारले कानुनी प्रकृया पूरा नहुन्जेल पक्राउ परेकाबारे बिस्तृत जानकारी दिन नमिल्ने बताएको छ ।

– घनश्याम मिश्र/दिलिप सहनी

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *