लाखौंकाे सामान र तस्करीमा प्रयोग हुने ६ वटा बाइकसहित ५ पक्राउ, मुख्य तस्कर फरार

एजेन्सी, जनकपुरधाम। धनुषामा पछिल्लाे समय तस्करी बढेको छ । चाड पर्व नजीकीँदै गर्दा धनुषा जिल्लाको ग्रामीण सीमावर्ती क्षेत्रमा तस्करी बढेको हाे । प्रदेश २ प्रहरी कार्यालयले अहिले निरन्तर तस्करीको सामग्री र संलग्न व्यक्तिहरूलाई पक्राउ गरिरहेकाे छ ।

बुधबार राति धनुषाका एक नाम चलेका तस्करको घरमा प्रहरीले छापामार गरी लाखौंका सामानसहित ५ जनालाई पक्राउ गरेकाे छ । नेपाल भारती सीमा क्षेत्र धनुषाको धनौजी गाउँपालिका १ लखौरीका धमेन्द्र साहको घरमा प्रदेश २ प्रहरी कार्यालयले बुधबार राति छापामारी उनीहरूलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा जनकपुर उपमहानगरपालिका १ बस्ने वर्ष २६ का राजेश कापर, १९ बस्ने ३२ वर्षका रामअशिष महरा, २५ बस्ने वर्ष १८ का मोहम्मद तमन्ना र सीमावर्ती भारत विहार ईटहर्वा बस्ने मोहम्मद अतमल गरी ५ जना छन् ।

मुख्य नाइके तस्कर साह भने फरार भएका छन् । उनीहरूलाई प्रदेश २ प्रदेश प्रहरी कार्यालयको ब्युरो टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

साहको घरबाट भारतबाट भन्सार छली ल्याएको ५ लाख मूल्य बारबारको लत्ताकपडा, नेपाली र भारतीय नम्बर प्लेट गरी ६ वटा मोटरसाइकल बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खुलासीमाको फाइदा उठाउँदै तस्करहरूले भन्सार छली दैनिक लाखौँ मूल्य बराबरको समान नेपाल भित्र्याउने र बेचबिखन गर्ने कार्यमा सक्रिय रहेका छन् । प्रदेश २ प्रहरीले दुई दिनअघि मात्र भारी मात्रामा तस्करीका सामान पक्राउ गरेका थिए ।

– घनश्याम मिश्र

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *