चोरले गहना लुटेर महिलाको आँखा फुटाएर हत्या गरे

एजेन्सी, नवलपरासी । नवलपरासीको गैडाकोटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी महिलाको गरगहना लुटिएर हत्या भएको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन ।

उनको मंगलबार राति मृत्यु भएको भएपनि प्रहरीले बुधबार विहान मात्र मुचुल्का उठाएको थियो ।

उनको शव भान्छा कोठाको भाडा माझ्ने स्थानमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको कान, टाउको र अनुहारमा चोट लागेको साथै आँखा फुटेको अवस्थामा रहेकाे समाचार राजधानी दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *