मोटरसाइकललाई बचाउँदा माइक्रो बस पल्टियो

एजेन्सी, तिलोत्तमा । शिवपुरबाट बुटवल जाँदै गरेको लु १ ख ३५८१ माइक्रो बस दुर्घटनामा परेको छ । विपरित दिशाबाट आएको मोटरसाइकललाई बचाउने क्रममा आकस्मिक ब्रेक लगाउँदा माइक्रो बस दुर्घटनाग्रस्त भएको हो । तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा माइक्रो बस उत्तानो परेको छ ।

माइक्रो बसमा के–कति यात्रु सवार थिए भन्ने विषयमा पूरा विवरण आएको छैन । धेरै यात्रुहरु घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ। उपचारका लागि घाइतेलाई क्रिमसन अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल लगिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख भीम लाल भट्टराईले जानकारी गराए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *